PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

चैत २९ देखि प्रथम चन्द्रागिरि महोत्सव हुने



पहिलोपोस्ट

चैत २९ देखि प्रथम चन्द्रागिरि महोत्सव हुने
फोटो : समीर बलामी

काठमाडौं : चैत २९ गतेदेखि प्रथम चन्द्रागिरि महोत्सव हुने भएको छ।

चन्द्रागिरि नगरपालिकासँग सहकार्य गरी बलामी फिल्म इन्टरटेन्मेन्टले 'चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔं' भन्ने मूल नाराका साथ प्रथम चन्द्रागिरि महोत्सव आयोजना गर्न लागेको हो।

महोत्सव यही चैत २९ गतेदेखि २०७४ वैशाख ६ गतेसम्म चल्नेछ। मंगलबार संस्थाले नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो। 

पर्यटकीय स्थल चन्द्रगिरिलाई चन्द्रागिरिकै स्थानीय कला, संस्कृति, प्राकृतिक श्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरिका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई मूर्तरुपमा पहिचान र झन् चिरपरिचित गराउने उद्देश्यले प्रथम चन्द्रागिरि महोत्सव–२०७३ आयोजना हुन लागेको जानकारी गराइएको छ। 

नौ दिनसम्म चल्ने यस महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना-प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फारम संकलन, लत्ता-कपडा, मनोरञ्जन, फनपार्क, गोरु जुधाइलगायत व्यवसायिक गरी जम्मा २५१ स्टल रहने जनाइएको छ। 

साथै महोत्सवमा चन्द्रागिरिको पृष्ठभूमि झल्कने होर्डिङबोर्ड, फोटो प्रदर्शनी तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिनेछ।

महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell