
काठमाडौं: वर्ष २०७३ को अन्त्यमा चन्द्रागिरि महोत्सव हुने भएको छ। नेपाल पर्यटन बोर्डमा कार्यक्रम आयोजना गर्दै महोत्सव बारे जानकारी दिइएको हो। चन्द्रागिरि नगरपालिका र बलामी फिल्म ईनटरटेन्मेन्टले प्रथम चन्द्रागिरि महोत्सव आयोजना गर्ने भएको हो।
'चन्द्रागिरि महोत्सब २०७३' यहि चैत २९ गतेदेखी २०७४ बैशाख ६ गतेसम्म हुनेछ। आयोजक समितिका राम नारायण घिमीरेले महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु, ८ दर्जन भन्दा बढि राष्ट्रिय कलाकारहरुको प्रस्तुति, स्थानीय कला, संस्कृति र उत्पादनहरुको प्रत्यक्ष प्रदर्शन हुने जानकारी दिएका छन्।
नि:शुल्क वाईफाईको समेत व्यवस्था रहने महोत्सवमा हिमालयन टाईगर समूहको रेस्लिङ, न्यु ईयर ईभ कन्सर्ट, हेलिकप्टर मार्फत चन्द्रागिरि भ्रमण जस्ता थप आकषर्णहरु रहेको संयोजक समीर बलामीको दाबी रहेको छ।
'महोत्सवको मूख्य लक्ष्य चन्द्रागिरिको पर्यटन प्रवद्र्धन र चन्द्रागिरिको पहिचानलाई राष्ट्रसामु चिनाउनु हो', आयोजकले जानकारी दिए।