PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

अन्य पार्टीले संसदीय प्रजातन्त्र रणनीतिक रुपमा मात्र स्विकारेको देउवाको आरोप



पहिलोपोस्ट

अन्य पार्टीले संसदीय प्रजातन्त्र रणनीतिक रुपमा मात्र स्विकारेको देउवाको आरोप

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेससँग कुनै पनि पार्टीको तुलना नहुने बताएका छन्। कांग्रेसले स्थानीय चुनावका लागि जनतामा लैजाने घोषणा पत्रमा समेटिने विषयहरुमा सुझाव लिन पेशागत संगठन तथा बुद्धिजीवीहरुसँग राखेको छलफलमा देउवाले अन्य पार्टीले वार्तामा शासकीय प्रणाली रणनीतिक रुपमा स्वीकारेको भन्दै अन्य पार्टी गैर जिम्मेवार रहेको बताए।

'कांग्रेसले स्थापनाकालदेखि नै पार्टीको सिद्धान्तका रुपमा अपनाएको संसदीय प्रणालीमा आधारित बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई अन्य पार्टीले रणनीतिक रुपमा उपयोग गर्नमात्र स्वीकारेका हुन्,' देउवाल भने, 'त्यसैले कांग्रेससँग अन्य पार्टीको तुलना हुनै सक्दैन।' देउवाले मुलुकको राजनीतिक जटिल परिस्थितिमा रहेको र ठूलो पार्टीका नाताले कांग्रेसलाई बढी चुनौती रहेको बताए।


'प्रजातन्त्र बचाउन कांग्रेसले जित्नु अपरिहार्य छ, कांग्रेस हार्‍यो भने प्रजातन्त्र पनि धरापमा पर्छ' देउवाले भने।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पेशागत बुद्धिजीवी वर्गबाट आएका सुझाव पार्टीको कार्यदिशा निर्धारण गर्न महत्वपूर्ण भएको भन्दै ती सुझाव घोषणा पत्रमा समेटिने बताए।

सम्बन्धित समाचार
कांग्रेसले सुरु गर्‍यो घोषणापत्र बहस
दलहरुको चुनावी घोषणापत्र : ‘लोकप्रिय नारा र कार्यक्रम समेट्ने होड’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell