PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

दोस्रो दिन यस्तो रह्यो सेतो मच्छिन्द्रनाथको रथयात्रा, हेर्नुस् १७ फोटोमा

दोस्रो दिन यस्तो रह्यो सेतो मच्छिन्द्रनाथको रथयात्रा, हेर्नुस् १७ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : काठमाडौँवासी हिन्दु र बौद्ध दुवै सम्प्रदायले साझा देवताको रुपमा पूज्दै आएको जनबहा द्य: (सेतो मच्छिन्द्रनाथ) को हिजोदेखि सुरु भएको रथयात्रा आज हनुमानढोकामा पुगी समापन भयो।

आजको रथयात्रा असनबाट सुरु भएको थियो। भोलि रथलाई लगन लग्ने तयारी छ।  

काठमाडौँको जनबहाल नामको ठाउँमा भएको मन्दिरमा रहने देवता भएकोले जनबहा द्य: पनि भनिने सेतो मच्छिन्द्रनाथलाई हिन्दुको शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्ध अन्तर्गत महायान तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पुज्ने परम्परा छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell