रत्ननगर : पूर्वी चितवनको खैरहनीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
चितवनको खैरहनी नगरपालिका–५ कुमरोजस्थित भित्री सडकमा ना ११ प ४५६१ नं को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा चालक सोही ठाउँका ५० वर्षीय जियन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो। रासस