PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

डोनाल्ड ट्रम्पले सुरक्षा परिषदबाट स्टिभ बेननलाई हटाए



पहिलोपोस्ट

डोनाल्ड ट्रम्पले सुरक्षा परिषदबाट स्टिभ बेननलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारबाट स्टिभ बेननलाई हटाएका छन्। 

ट्रम्पका राजनीतिक सल्लाहकारका रुपमा लामो समयदेखि कार्यरत बेननलाई ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि गत जनावरीमा सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेका थिए। उनको नियुक्तिलाई आलोचकहरुले परिषद्लाई राजनीतिकरण गर्ने आशंका गर्दै आएका थिए। 

सल्लाहकारबाट हटाइए पनि बेननको बरियतामा कुनै फेरबदल नभएको ह्वाइटहाउसले स्पस्ट पारेको छ।

राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लेनमाथि निगरानी गर्नका लागि बेननलाई सुरक्षा परिषदको सल्लाहकारमा नियुक्त गरेको दावी ह्वाइट हाउसका एक प्रतिनिधिले गरेको बिबिसीले उल्लेख गरेको छ। गत फेब्रुअरीमा फ्लेनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारबाट हटाइएको थियो। उनलाई हटाइएपछि बेननको भूमिका सकिएको विश्लेषण समेत गरिएको छ।

राष्ट्रिय सुरक्षा परिषदले राष्ट्रपतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सुझाव दिने गर्छ। परिषदमा गरिएको फेरबेदलसँगै सिआइएका निर्देशकलाई परिषद्को प्रधान कमिटिमा सामेल गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell