
इलाम : इलाममा भइरहेको माइभ्याली गोल्डकपको दोस्रो सेमीफाइनल खेलमा आज रमपम झापा-११ र सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्ने भएका छन्।
आज विजयी हुने टिमले २६ गते आर्मीसँग फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। बुधबारको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई २-० गोल अन्तरले पराजित गरेको थियो। १० खेलाडीमा सीमित पुलिसमाथि आर्मी हाबी भएको थियो।
खेलको विजेताले ४ लाख ५० हजार र उपविजेताले २ लाख ५० हजार पाउने छन्। सदरमुकामको ठूलो टुँडिखेलमा २०५१ सालदेखि माइभ्याली गोल्डकप हुँदै आएको छ।