PahiloPost

May 31, 2025 | १८ जेठ २०८२

उपेन्द्र यादवको भन्दा गच्छदारको पार्टी संसदमा शक्तिशाली



पहिलोपोस्ट

उपेन्द्र यादवको भन्दा गच्छदारको पार्टी संसदमा शक्तिशाली

काठमाडौँ : संसदमा विजयकुमार गच्छदार नेतृत्वको पार्टी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी भन्दा शक्तिशाली बनेको छ। गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले अन्य दुई साना दललाई पार्टीमा भित्र्याएसँगै पाँचौँ हैसियत कामय गरेको हो। 

एकतासँगै पार्टीको नाम नेपाल लोकतान्त्रिक पार्टी भएको छ। साथै उसको संसदमा सिट संख्या १७ पुगेको छ। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको सिट मात्र १५ छ।
 
बुधबार गच्छदार नेतृत्वको पार्टीसँग २ सिट भएको जनमुक्ति पार्टी लोकतान्त्रिक र एक सिट भएको दलित जनजाती पार्टी नेपालबीच एकता भएको हो। गच्छदारको पार्टीका १४ सांसद थिए। 

मधेसी जनअधिकार फोरम नेपाल १० सिट र संघीय समाजवादी पार्टीको ५ सिट थियो। दुवै मिलेर बनेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संसदमा पाँचौँ हैसियतमा पुगेको थियो। अब संघीय समाजवादी फोरम नेपालको हैसियत छैठौँ शक्तिको रुपमा रहनेछ। 

केही दिनअघि मात्र गच्छदारको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell