PahiloPost

May 23, 2025 | १० जेठ २०८२

किन फिल्म इन्डस्ट्री छोड्न चाहिन् विद्या बालनले?



पहिलोपोस्ट

किन फिल्म इन्डस्ट्री छोड्न चाहिन् विद्या बालनले?

कुशल अभिनय कलाकै कारण चर्चामा रहेकी बलिउड अभिनेत्रीको फिल्महरु एकपछि अर्को गर्दै सफल भइरहेका छन्। समिक्षात्मक रुपमा एंव बक्सअफिसमा पनि टप लिस्टमा पर्छिन् उनी। तर एक समय यस्तो पनि आयो जब उनले बलिउड छोड्न चाहिन्।

एक अन्तरवार्ताको क्रममा उनले भनिन्,'फिल्म हो बेबी र किस्मत कमेक्शन प्रदर्शनको समयमा मेरो शरिरको तौल र ड्रेसअपको धेरै आलोचना भयो', उनले त्यससमय साउथ इन्डियन फिल्म इन्डस्ट्रीमा पनि आफ्नो आलोचना भएको बताउँदै बोलिन्,'लाग्यो त्यसअघि भएको सबै तारिफ केवल संयोग थियो।' विद्याले आफ्नै क्षमता माथि प्रश्न गरिन्। आफू फिल्म इन्डस्ट्रीको लायक नभएको उनले महसुस गरिन्। र अभिनय छोड्ने बारे सोचिन्। तर उनले आफूले हिम्मत नहारेको बिबिसी हिन्दीमा प्रकाशित फिचरमा उल्लेख गरिएको छ।

सुरुवाती समयमा त उनले परिनीता, मुन्ना भाई जस्ता फिल्ममा गरेका कामका लागि तारिफ बटुलिन्। तर बिचमा उनको बढेको शारीरिक तौलका कारण उनी आलोचनाको पात्र बनिन्। विद्या बालनले पा, डर्टी पिक्चर, कहानी जस्ता फिल्म उनले आफ्नो करियरमा सोचेको पनि थिइनन्। 'मैले आलोचना सहें र त म विद्या बालन बने', विद्या आफू नहच्किएको सुनाउँछिन्।

आज महिला प्रधान कथामा आधारित फिल्मका लागि हरेक निर्देशकको पहिलो चोइस विद्या हुन्छिन्। आफ्नो सफलताको श्रेय उनी आफ्नै जिद्दीपनालाई दिन्छिन। हाल उनी फिल्म 'बेगम जान'क प्रमोशनमा व्यस्त छिन्। यसअघि उनका केही फिल्म बक्सअफिसमा राम्रो साबित हुन सकेन। भन्छिन,'मैले जिन्दगीमा राम्रो नराम्रो दुबै अनुभूतिहरु संगालेको छु। त्यसैले एक फिल्मको सफलता वा असफलताले सबै कुरा बिगार्छ भन्ने पक्षमा छैन म।'

विद्याले अभिनेता आमिर खानको कारण आफूलाई चोट लागेको अवस्था सम्झन्छिन्,'हामी एक समारोहमा थियौं। मिडियाकर्मी मेरो फोटो खिच्दै थिए। अचानक आमिर खान आए र सबैजना मलाई धक्का दिएर उनको पछि लागे। त्यो क्रममा मलाई चोट लागेको थियो।' अब ती घटनाहरुले आफूलाई असर नगर्ने उनी बताउँछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell