
फिल्म 'हिना'को छायांकन चलिरहेको थियो। फिल्मका निर्देशक रहेका राज कपूर फाल्के पुरस्कार लिनका लागि कार्यक्रममा सहभागी भएका थिए। तर अचानक उनलाई दमको समस्याले सतायो र उनको मृत्यु भयो। बिबिसी हिन्दीले जनाए अनुसार सन् १९८८ मा बन्न सुरु भएको फिल्म निर्देशकको मृत्युका कारण रोक्कियो। तर जब राज कपूरका छोरा रंधिर कपूरका छोराले फिल्म निर्देशनको जिम्मा लिए तब फिल्म जहाँबाट रोक्कियो त्यहीबाट सुरु भयो। र फिल्म १९९१ मा प्रदर्शन भयो।
सन् १९९३ मा सार्वजनिक फिल्म 'प्रोफेसर की पडोसन'ता लागि मुख्य अभिनेता थिए सन्जिव कुमार।
१९८५ मा फिल्मको सुटिङका क्रममा उनको निधन। फिल्ममा उनको अभिनय ७५ प्रतिशत छायांकन भइसकेको थियो। जब उनको निधन भयो फिल्मको स्क्रिप्ट नै परिवर्तन भयो। सन्जिवलाई 'इन्भिजिवल' पात्रको रुपमा प्रस्तुत गरेर उनको संवाद सुदेश भोषलेको आवाजमा डब गरियो।
विनोद मेहराको निर्माण एवं निर्देशनमा फिल्म 'गुरुदेव' निर्माण भयो।
फिल्म उनको मृत्यु भएको तीन वर्षपछि सन् १९९३ मा प्रदर्शन भयो। निर्देशन पुरा नभएको फिल्मलाई राज सिप्पीले पुरा गरे। १९९४ मा रिलिज फिल्म 'लाडला'मा श्रीदेवी भन्दा पहिले दिव्या भारती लिड रोलमा थिइन्। भारतीले फिल्मको क्लाइमेक्स छायाखन गरिसकेकी थिइन्। १९९३ मा उनको मृत्यु भयो। छायांकन गरिएको फिल्म लाडलाको भिडियो इन्टरनेटमा पनि उपलब्ध छ। जसमा भारतीले शितल पात्रको भूमिका निभाएकी छिन्।
१९९६ को फिल्म 'बहारे फिर भि आएगी'मा पनि धर्मेन्द्र भन्दा अघि गुरुदत्त नायक थिए। फिल्मका निर्माता पनि रहेका उनको १९६४ मै मृत्यु भयो र धन्मेन्द्र उनको ठाउँमा राखिए।
१९९६ मा सार्वजनिक फिल्म आतंकमा अमजद खानको आवाज डब गरिएको हो। तयार गरिएको फिल्म प्रदर्शन अघि उनको निधन भएको हो।
हिन्दी फिल्मका पहिलो सुपरस्टार राजेश खन्नाको २०१२ मा निधन भयो। र त्यसपछि मात्र उनको अभिनय रहेको फिल्म 'रियासत' सार्वजनिक भयो। उनको संवाद र अपिरियन्स दोहोर्याएर फिल्म पुरा गरिएको छ।