PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

ज्ञानेन्द्रको 'पैँचो तिर्न' राष्ट्रपति पुगिन् व्रतबन्ध-भोजमा, हेर्नुस् फोटो



पहिलोपोस्ट

ज्ञानेन्द्रको 'पैँचो तिर्न' राष्ट्रपति पुगिन् व्रतबन्ध-भोजमा, हेर्नुस् फोटो

काठमाडौं : वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई 'पैँचो तिर्न' नातिको व्रतबन्ध भोजमा पुगेकी छिन्।

पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र (पूर्वयुवराज पारसका छोरा) को व्रतबन्ध भोजमा सामेल हुन सोल्टी होटल पुगेकी हुन्। केही समयअघि राष्ट्रपतिकी छोरीको बिहेमा सहभागी हुन ज्ञानेन्द्र शीतल निवास पुगेका थिए। 

आजको भोजमा विभिन्न दलका मन्त्री, नेताहरु, सीमित सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति पनि पुगेका छन्।

पूर्वनवयुवराज ह्रदयेन्द्रको व्रतबन्ध गएको चैत १७ गते निर्मल निवासमा सम्पन्न भएको थियो।


सम्बन्धित समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell