काठमाडौं: फिल्म 'राधे' मुख्य अभिनेता निखिल उप्रेतीलाई उनकै मुर्ती उपहार दिइएको छ। काठमाडौंमा कार्यक्रम आयोजना गरी फिल्मको राधे पात्रको भूमिका निर्वाह गरेका निखिललाई शिल्पकार नविन सुबेदीले उपहार स्वरुप मुर्ती हस्तान्तरण गरेका हुन्।
स्तान्तरण गरिएको मुर्ती फिल्ममा पनि प्रयोग गरिएको छ। युट्युबमा सार्वजनिक राधे ट्रेलरमा पनि सो मुर्ती देख्न सकिन्छ। निर्माता सुशिल पोखरेल, निर्देशक जगदिश्वर थापा र फिल्मकी मुख्य अभिनेत्री प्रियंका कार्की कार्यक्रममा उपस्थित थिए।
फिल्ममा आफ्नो भूमिका बारे बोल्दै निखिलले भने,'हरेक फिल्ममा कथा फरक हुन्छन्। राधेमा भने प्रस्तुती पनि फरक रहने छ।'
बैशाख एक गतेबाट प्रदर्शनमा आउने फिल्ममा निखिल उप्रेती, प्रियंका कार्की सँगै प्रमोद अग्रहरि, शिशिर भण्डारी, अशिष्मा नकर्मी लगायतको अभिनय रहेको छ।
सुशिल पोखरेलको कथामा निर्माण भएको यो फिल्मले एक बेपत्ता नागरिकको कथा प्रस्तुत गर्ने बताइएको छ।