PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

चार महिनासम्म के हेरेर बसे कांग्रेस नेता? पार्टीको अवस्थाबारे एक जिल्लाको रिपोर्टसमेत दिन सकेनन्



रमेश वाग्ले

चार महिनासम्म के हेरेर बसे कांग्रेस नेता? पार्टीको अवस्थाबारे एक जिल्लाको रिपोर्टसमेत दिन सकेनन्

काठमाडौँ : नेपाली कांग्रेसले स्थानीय तहमा पार्टी अवस्था बुझ्न खटाएका केन्द्रीय सदस्यहरुले चार महिनासम्म पनि केन्द्रीय समितिमा रिपोर्ट बुझाएका छैनन्। 

गत कात्तिक ९ गते बसेको केन्द्रीय समिति बैठको निर्णयबाट मंसिरदेखि खटाइएका केन्द्रीय सदस्यलाई स्थानीय तहमै पुगेर पार्टी संगठनको अवस्थाबारे रिपोर्ट बुझाउने जिम्मेवारी दिएको थियो। तर, प्रत्येक जिल्लाको रिपोर्ट बुझाउन खटिएका ती केन्द्रीय सदस्यले अहिलेसम्म बुझाएका छैनन्। 

‘अहिलेसम्म ४२/४३ जिल्लाको रिपोर्ट यहाँ आएको छ,' कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, 'बाँकी जिल्लाको रिपोर्ट किन नआएको भन्नेसमेत पार्टी अफिसलाई कुनै जानकारी छैन।'   

प्रत्येक जिल्लाका लागि एक जनाका दरले खटाइएका केन्द्रीय सदस्यहरुले अहिलेसम्म रिपोर्ट बुझाएका छैनन्। पार्टी कार्यालयमा केन्द्रीय सदस्यहरु मध्ये ४३ जनाले बुझाए पनि बाँकी रिपोर्ट आएको छैन। 

केन्द्रीय सदस्यहरुको समन्वयको जिम्मा पाएका पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्काले पनि रिपोर्ट नआउनुको कारणबारे कुनै जानकारी दिएका छैनन्। 

केन्द्रीय सदस्यहरुले जिल्लामा गएर जिल्ला पार्टीको संगठनको अवस्था, सुधारका लागि गर्नुपर्ने काम, नेताहरुबीचका द्वन्द्व र त्यसबाट पर्नसक्ने असर, स्थानीय तहमा लोकप्रिय नेता र स्थानीय चुनावमा पार्टीले अवलम्बन गर्नुपर्ने रणनीतिबारे सुझावसहितको रिपोर्ट बुझाउन कार्यादेश पाएका थिए। तर उनीहरुले रिपोर्ट नबुझाउँदा कांग्रेस केन्द्रमै निर्माण गरेको रणनीतिको भरमा स्थानीय तह चुनावमा जानुपर्ने भएको छ। 

किन सकेनन् केन्द्रीय सदस्यहरुले रिपोर्ट बुझाउन? 

जाजरकोटका लागि खटाइएका केन्द्रीय सदस्य मीन विश्वकर्मा त्यही समयमा अन्य जिम्मेवारी पनि आएकाले जाजरकोट पुग्दै पुगेका छैनन्। 'मलाई त्यही समयमा स्थानीय तह पुनसंरचनामा कांग्रेसका तर्फबाट प्रतिनिधि तोकिएको थियो। म त्यतै व्यस्त भएँ,' विश्वकर्माले भने, 'त्यसैले म जाजरकोट पुग्दै पुगेको छैन।' 

उनले स्थलगत रिपोर्ट नै पेश गर्नुपर्ने भएकाले अब संभव पनि नभएको बताए। 'जाजरकोट धेरै टाढा भयो। अब चुनाव नजिक आइसकेकाले अहिले त्यहाँ गएर अध्ययन गरी रिपोर्ट ल्याउन पनि संभव छैन' विश्वकर्माले भने। 

उनीजस्तै रिपोर्ट बुझाएका छैनन् केन्द्रीय सदस्य बद्री पाण्डेले पनि। भोजपुरका लागि खटिएका पाण्डे त्यहाँ पुगेर फर्किए पनि रिपोर्ट बुझाउन सकेका छैनन्। 

'म एकपटक भोजपुर पुगेँ। तर सबैसँग छलफल गर्न र साथीहरुसँग बसेर काम गर्ने, पार्टीका सबै विषयमा बुझ्ने अनुकूल मिलेन,' पाण्डेले भने, 'साथीहरुले कार्यक्रम आयोजना गर्ने र त्यही समयमा बोलाउने वचन दिएका थिए। तर अहिलेसम्म कार्यक्रम आयोजना गर्न सकेका छैनन्।' 

पाण्डेले सुरुमा जाँदा गम्भीर प्रकृतिका समस्या नदेखिए पनि सुधारका धेरै कुरा हुन सक्ने भए पनि अनुकूल नै नमिलेका कारण रिपोर्ट अधुरो रहेको बताए। 

'हामीलाई कम्तिमा एक हप्तादेखि १५ दिनसम्म जिल्लामै बसेर रिपोर्ट तयार पार्ने कार्यादेश थियो। तर त्यस अवधिमा जिल्ला पार्टीले समन्वय गर्न नसक्ने अवस्था आएकाले म फर्किनुपर्योि। फेरि अनुकूल नै मिलेन,' पाण्डेले भने। 

पाण्डे र विश्वकर्मा आफैले रिपोर्ट बुझाउन नसक्को बताए पनि कांग्रेसका २२ अन्य केन्द्रीय सदस्यले पनि रिपोर्ट बुझाएका छैनन्। तर ती को-को हुन् भन्ने विषय भने केन्द्रीय कार्यालयले खुलाउन चाहेको छैन। 

यी नेताहरुले पाएका थिए जिम्मा




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell