PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

नेपाल-अमेरिका सम्बन्धको ७० बर्ष पुगेको अवसरमा सांस्कृतिक मेला हुने



पहिलोपोस्ट

नेपाल-अमेरिका सम्बन्धको ७० बर्ष पुगेको अवसरमा सांस्कृतिक मेला हुने

काठमाडौँ: अमेरिकी दूतावासले आउँदो चैत २६ गते सांस्कृतिक मेला आयोजना गर्ने भएको छ। 

अमेरिका र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको उपलक्ष्यमा सांस्कृतिक मेला आयोजना गर्न लागेको हो। जावलाखेल स्टाफ कलेजमा हुने कार्यक्रम बिहान ११ देखि ५ बजेसम्म हुनेछ। 

मेलामा प्रत्यक्ष ग्राफिटी (भित्तेलेखन) चित्रकला, साङ्गीतिक प्रस्तुति, ब्रेकडान्स, स्केटबोर्ड स्टन्ट तथा कविता वाचन प्रस्तुत गरिनेछ। मेलाका लागि अमेरिकी ग्राफिटी चित्रकार गेब्रिएल स्पेक्टर पनि उपस्थिती रहनेछ। नेपाली साङ्गीतिक समूह तथा कलाकारहरूको पनि सहभागिता रहने मेलामा युवा तथा सामाजिक संस्थाहरूले जानकारी मुलक कार्यक्रम प्रस्तुत गर्नेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell