PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

संसदमा रहेको संशोधन प्रस्ताव फिर्ता लिँदै नयाँ संशोधन दर्ता गर्ने प्रमको तयारी



मनोज सत्याल

संसदमा रहेको संशोधन प्रस्ताव फिर्ता लिँदै नयाँ संशोधन दर्ता गर्ने प्रमको तयारी

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर अर्को प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डले माओवादीको हेडक्वार्टर बैठकमा अर्को संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारीबारे जानकारी गराएका हुन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रचण्डले अहिलेको प्रस्ताव फिर्ता लिएर नयाँ दर्ता गर्ने बताएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्। 

उनले नयाँ संविधान संशोधन प्रस्तावमा अन्य थप दुई विषय संशोधन गर्ने समेत उल्लेख गरिन्। नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयमा अहिलेको संविधान संशोधन प्रस्तावमा उल्लेख छ। 

तर नयाँ संशोधनमा भने सीमाङ्कनका विषयमा प्रदेशको सहमति आवश्यक हुने भनिएको धारा २७४ को विषय र स्थानीय तहका प्रमुख उपप्रमुखले राष्ट्रपति चयनका लागि पाउने मतभार संशोधन गर्न लागेको हो। 

भुषालले पहिलोपोस्टसित भनिन् – ' नयाँ संविधान संशोधन दर्ता गर्ने। अहिले भएको फिर्ता गर्ने र सीमाङ्कन आयोगलाई जिम्मा दिने कुरा भयो।'

'राष्ट्रिय सभाको प्रतिनिधित्व, नागरिकता, भाषा र थप दुई विषय संशोधन गर्ने कुरा भएको छ। धारा २ सय ७४ को स्पष्टता र परिमार्जन र स्थानीय तहको प्रमुख, उपप्रमुखको इलेक्ट्रोरल कलेज संशोधनको अगाडि बढाउने भन्ने भयो', उनले भनिन्। 

मधेसी मोर्चा र सत्तारुढ कांग्रेस-माओवादी केन्द्रले गठन गरेको कार्यदलले सीमाङ्कनको विषय शक्तिशाली आयोग बनाएर जिम्मा लगाउन सुझाव दिएका थिए। कार्यदलको सुझाव अनुसार नै धारा २ सय ७४ को ४ मा रहेको सीमाङ्कन परिमार्जनको विषय प्रदेशबाट अनुमोदन गर्नुपर्ने प्रावधान संशोधन गर्न लागिएको हो। 

त्यस्तै प्रचण्डले तराईका जिल्लाहरुमा थप स्थानीय तहको संख्या निर्धारण गर्नुपर्ने अवस्था समेत बैठकमा ब्रिफिङ गरेका थिए। 

भुषालका अनसार 'आन्दोलनरत पक्ष को स्थानीय तहको संख्याबारे सकरात्मक हुने र संख्या थप्ने' प्रधानमन्त्री प्रचण्डले बताएका हुन्।' 

प्रचण्डले संख्या थप गर्दा प्राविधिक कारणले निर्वाचन वैशाख ३१ मा हुन नसके तराईका जिल्ला बाहेक अन्यत्र सो दिन र बाँकी स्थानमा अर्को समयमा निर्वाचन गराउन प्रस्तावसमेत गरेको उनले बताइन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell