PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

कोलम्वियामा पहिरोमा मृत्यु हुनेको संख्या ३०१ पुग्यो, तीन सयभन्दा बढी अझै वेपत्ता



पहिलोपोस्ट

कोलम्वियामा पहिरोमा मृत्यु हुनेको संख्या ३०१ पुग्यो, तीन सयभन्दा बढी अझै वेपत्ता

बोगता : कोलम्वियाको दक्षिणी शहर मोकोआमा गत हप्ता आएको बाढीमा ९२ बालबालिकासहित ३०१ जना कोलम्वियालीको मृत्यु भएको यहाँको सरकारले बिहीबार जनाएको छ। 

गत हप्ता शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षासँगै मोकोआ क्षेत्रमा प्रमुख तीन नदीमा आएको बाढी र यसका कारण विभिन्न क्षेत्रमा गएको पहिरोले व्यापक धनजनको क्षति भएको कोलम्वियाको केन्द्रीय विपद् व्यवस्थापन कार्यालयले बताएको छ। 

उद्धारकार्यमा खटिएका अधिकारीले २१८ मृत शरीरलाई संकलन गरी उनीहरुको आफन्तलाई बुझाएको उक्त कार्यालयले बताएको छ। 

बाढी तथा पहिरोका कारण तीन हजार २४० मानिस घरबारबिहीन बनेका छन्। बाढी तथा पहिरोमा आफ्नो वासस्थान गुमाएका उनीहरुलाई आधारभूत खाद्यान्न लगायतका सामग्रीको प्रवन्ध गरी शिविरमा राखिएको छ। 

सरकारद्वारा दैवी प्रकोपका कारण ३०१ जनाको मृत्युभएको बताए पनि कोलम्वियाका राष्ट्रपति जुआन म्यानुयल सान्तोसले बुधबार ३१४ जना अझै वेपत्ता भएको बताएका थिए। 

झन्डै ७० हजार जनसंख्या भएको भोकोआमा बस्दै आएका करिव ४५ हजार मानिस उक्त विपद्का कारण प्रभावित बनेका यहाँको रेडक्रस सोसाइटीले जनाएको छ। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell