
अमेरिकाले सिरियाका केही इलाकामा मिसाइल आक्रमण गरेको छ। बिद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिम क्षेत्रमा भएको रसायनिक हमलाको जवाफमा अमेरिकाले सिरियाको केही क्षेत्रमा आक्रमण गरेको छ। अमेरिकी आक्रमणलाई रसायनिक हमलाको जवाफका रुपमा हेरिएको छ।
पेन्टागनका अनुसार पूर्वी भूमध्यसागर क्षेत्रमा आक्रमण गरिएको हो। आक्रमण भएको क्षेत्र रसायनिक आक्रमणका केन्द्र भएको बताइएको छ।
एक टेलिभिजन सम्वोधनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमण भएको क्षेत्र रसायनिक हमलाको प्रक्षेपण केन्द्र भएको बताएका छन्। ट्रम्पले सवै ‘सम्भ राष्ट्र’लाई सिरियाको द्वन्द्व समाप्तका लागि सहयोग गर्न पनि आग्रह गरेका छन्।
ट्रम्पले सिरियाली राष्ट्रपति बसर अल असलको तानाशाही योजनामा निर्दोष नागरिकमाथि रसायनिक आक्रमण भएको समेत बताएका छन्।
इडलिब प्रान्तमा मंगलबार भएको रसायनिक आक्रमणमा बालबालिकासहित ८० जनाभन्दा बढी नागरिकको ज्यान गएको थियो। उक्त आक्रमणपछि फ्रान्सले घटनालाई सुरक्षा परिषदको अजेण्डा बनाउन अमेरिकलाई आग्रह समेत गरेको थियो।