PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

प्रदर्शनको मितिभन्दा पनि ढिला आयो 'डायरी'को ट्रेलर



पहिलोपोस्ट

प्रदर्शनको मितिभन्दा पनि ढिला आयो 'डायरी'को ट्रेलर

काठमाडौं : फिल्म 'डायरी'को निर्माण पक्षले प्रदर्शनका लागि घोषणा भएको मितिभन्दा पनि ढिला ट्रेलर सार्वजनिक गरेको छ। फिल्म चैत ११ गते नै सार्वजनिक हुने भनिएको थियो। तर बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी फिल्म युनिटले बल्ल युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो। 

रेखा थापा अभिनित फिल्म ‘पँलास’ रिलिज मितिसँग जुधेका कारण डायरीले रिलिज मिति सारेको हो। फिल्लमले रिलिजको नयाँ टार्गेट आउँदो जेठ ५ राखेको छ। 

फिल्मको  ट्रेलरमा प्रेम र सम्बन्धमा सिर्जना हुने द्वन्द्व देखाइएको छ। फिल्ममा छुल्ठिम गुरुङ, रेखा थापा र अभिनेता सन्नी सिंहको मुख्य अभिनय रहेको छ। जहाँ सन्नी र छुल्ठिमको प्रेमबीच रेखा भिलेनको रुपमा देखिँदैछिन्। 

अनिल योञ्जन निर्देशित फिल्मलाई अभिनेत्री छुल्ठिम र निर्देशक स्वयंमले निर्माण गरेका हुन्। राजकुमार उप्रेतीको द्वन्द्व, स्वप्निल शर्मा, ईमान शाह र मानस राजको संगीत रहेको छ।  

छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनको ब्यानरमामार्फत बनेको फिल्ममा  छुल्ठिमले निर्मात्रीको रुपमा डेब्यु गरेकी हुन्। फिल्मका अन्य कलाकारमा बिनोद पौडेल, दिनेश डिसी लगायतलाई देख्न सकिनेछ। छेतेन गुरुङको कथा रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन्।

हेर्नुस् ट्रेलर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell