PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

‘लिटिल स्टार २०१७'का लागि वर्कसप सुरु



पहिलोपोस्ट

‘लिटिल स्टार २०१७'का लागि वर्कसप सुरु

काठमाडौं: ‘लिटिल स्टार २०१७'का लागि ७२ प्रतियोगी प्रशिक्षणमा जुटेका छन्। एनोवेसन इवेन्ट म्यानेजमेन्ट र सोविज मिडिया ग्रुपको सहकार्यमा आयोजना भएको बालबालीकाको सौदर्य प्रतियोगीताको अडिशन पछिको वर्कसप सुरु भएको हो।

संगीत, गायन, नृत्य, व्यक्तित्व बिकास, सामाजिक उत्तर दायित्व, बाल अधिकार लगायत विषयमा उनीहरुलाई प्रशिक्षण दिइने आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टका अध्यक्ष महेश केसीले बताए।

तीन सातासम्म चल्ने प्रशिक्षणमा अभिनेता जीवन गिरी, यशराज गराचन लगायतका प्रशिक्षकले रहनेछन्।

'बालबालीकाको प्रतिभा निखार्नु र प्रतिभा प्रस्फुटनका लागि ठाउँ दिनु कार्यक्रमको उदेश्य हो', कार्यक्रम व्यवस्थापक सोविज मिडिया ग्रुपका प्रवल गौतमले भने।

७ देखि १४ वर्षसम्मका बालबालीकाको सहभागीता रहेको प्रतियोगीतामा उमेर समुह अनुसार ७ देखि ९, १० देखि १२ र १३ देखि १४ सम्म गरी तीन शिर्ष विजेता छानिने छन्।

प्रतियोगीताको फाइनल बैशाख पहिलो साता राजधानीमा हुनेछ। प्रतियोगीताको कोरियोग्राफर कलाकार दिक्पाल कार्की रहने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell