PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

नेपालगन्ज महोत्सव आजदेखि सुरु



पहिलोपोस्ट

नेपालगन्ज : क्रियटिभ ह्यान्ड्स, सिद्धार्थ ग्रुप, सेलिब्रेटी खबर डटकम र क्रियटिभ ग्रुपको आयोजनामा आजदेखि यहाँ सप्ताहव्यापी नेपालगन्ज महोत्सव सञ्चालन गरिएको छ।

महोत्सवको पहिलो दिन आज भएको १५ किमीको साइकल दौड प्रतियोगितामा प्रकाश बोहरा, गोविन्दप्रसाद रिजाल र गगनसिंह थापा क्रमशः प्रथम, द्वितीय र तृतीय भए।

विजेतालाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य–सचिव जीवेन्द्रदेव गिरी र अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक महेशविक्रम शाहले माउन्टेन बाइक पुरस्कार प्रदान गरेका थिए।

यही चैत ३१ गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत साहित्य सम्मेलन, डकुमेन्ट्री फिल्म प्रदर्शन, चित्रकला प्रदर्शनी, संस्कृति, खेलकूद तथा पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजना गरिने जनाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell