PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

फिल्म 'घामपानी'को सेलो गीत सार्वजनिक



पहिलोपोस्ट

फिल्म 'घामपानी'को सेलो गीत सार्वजनिक

काठमाडौं: फिल्म घामपानीको सेलो गीत सार्वजनिक भएको छ। क्षेत्री युवती र तामाङ केटाको प्रेमकथामा आधारित फिल्मको दोस्रो गीत युट्युबमार्फत बिहिबार सार्वजनिक भएको हो।

फिल्म समिक्षक दीपेन्द्र लामाले निर्देशनमा डेब्यु 'घामपानी'बाट गरेका हुन्। फिल्ममा कथा पनि उनकै रहेको छ। जातीय विभेदका कारण पैदा हुने पारिवारिक साथै सामाजिक सम्बन्धमा पर्ने असरको कथा 'घामपानी' हो। फिल्मको कथा पनि लामाले नै लेखेका हुन्।

एउटा गाउँका दुई फरक जातका युवा युवती एकअर्कालाई प्रेम गर्छन्। उनीहरुको प्रेमका कारण दुवैको परिवारिक सम्बन्धमा विभिन्न उतारचढाव आउँछ। जसका कारण ती फरक जातका युवायुवतीले आफ्नो प्रेम सफल बनाउन निकै संघर्ष गर्नुपर्छ। सार्वजनिक गीतको भिडियोले पनि फिल्मको विषय सम्बोधन गरेको छ।

सिनेमा आर्टसको निर्माण साथै हाइलाइट्स नेपाल र टर्चलाइट प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा सामाजीक विषयवस्तु उठाइएको छ। चलचित्रमा कलाकारहरु दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, सिल्सा जिरेल, बुद्दी तामाङ, अरुणा कार्की लगायत कलाकारको मुख्य भूमिका रहनेछ।

हेर्नुस् सेलो गीतको भिडियो: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell