PahiloPost

Mar 25, 2026 | ११ चैत्र २०८२

साढे दश किलो अवैध चाँदीका गरगहनासहित एक पक्राउ



पहिलोपोस्ट

साढे दश किलो अवैध चाँदीका गरगहनासहित एक पक्राउ

मोरङ : प्रहरीले रंगेली नगरपालिका–९ तित्री टोल बस्ने २६ वर्षीय दिपेन्द्र कुमार शाहलाई १० किलो ४ सय ग्राम अवैध चाँदीका तयारी गरगहनासहित पक्राउ गरेको छ। 

सोही टोलस्थित रंगेली–तित्री भित्री सडकखण्डमा पूर्वबाट दक्षिणतर्फ जाँदै गरेको मे ७ प ६७४ नंबरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिहीबार चालक दिपेन्द्र कुमार शाहको झोलामा उक्त अवैध चाँदीका गरगहनाहरु फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell