
काठमाडौं: यो हप्ता फ्राइडे रिलिजअन्तर्गत एक मात्र नेपाली फिल्म सार्वजनिक भयो। फिल्म 'अपरिचित' आजबाट प्रदर्शनमा आएको हो।
जुना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रज्वल गिरी, धुव्र कोइराला, सारिका केसी, मोहनकृष्ण श्रेष्ठ, श्रीकृष्ण बर्देवालगायतको अभिनय रहेको छ। रुपेश थिङको निर्देशनमा बनेको लभ स्टोरी जानराको फिल्मले सिंगल स्क्रिनका लागि मात्र शो पाएको छ।
नेपाली फिल्मतर्फ लप्पन-छप्पन र बलिउडतर्फ नाम सबाना र बर्दीनाथकी दुल्हनियाँ यो हप्ता पनि प्रदर्शनरत छन्। नेपालका लागि यो हप्ता बलिउडका कुनै नयाँ फिल्म रिलिज भएनन्।
हलिउडका लागि भने 'स्मर्फस् : द लस्ट भिलेज' सार्वजनिक भएको छ। मल्टिप्लेक्समा फिल्मको शो रहेको छ। एडभेन्चर फ्यानटासी कमेडीलाई सोनी पिक्चर्सले प्रस्तुत गरेको हो। केली एसबरी निर्देशित फिल्ममा डेमी लोभाटो, रेन विलसन, ज्याक म्याकब्रेयर, जुलिया रोबर्टसलगायतको अभिनय रहेको छ।
गत हप्ता नै सार्वजनिक 'द बोस बेबी', 'ब्युटी एण्ड द बिस्ट', 'डिप वाटर होराइजन'जस्ता हलिउड फिल्म हलबाट उत्रिएका छैनन्।