PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

कुनै क्षेत्रमा दुई चरणमा स्थानीय निर्वाचन हुन सक्छ : देउवा



रमेश वाग्ले

कुनै क्षेत्रमा दुई चरणमा स्थानीय निर्वाचन हुन सक्छ : देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई चरणमा स्थानीय तहको निर्वाचन हुने संकेत गरेका छन्। 

यद्यपि तय भएको वैशाख ३१ गते भने निर्वाचन हुनेमा ढुक्क बन्न सांसदहरुलाई देउवाले आग्रह गरेका छन्।
 
कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा देउवाले भने- कुनै पनि हालतमा वैशाख ३१ मा चुनाव हुन्छ। तपाईँहरु सबै चुनावको तयारीमा लाग्नुस्। केही कुराले प्रभावित हुन्छ कि सर्छ भन्ने मनमा नराख्नुस्।'

देउवाले संविधान संशोधन पारित गरेर मधेसी मोर्चालाई पनि चुनावमा ल्याउने तयारी भैरहेको बताए। यद्यपि संशोधन पारित गर्दा पनि केही विषय बाँकी बसेको खण्डमा केही जिल्लामा दोश्रो चरणमा निर्वाचन गर्न सकिने उनको भनाइ थियो। 
 
'संशोधन प्रस्ताव पारित गरेर मधेसीलाई पनि चुनावमा सहभागी गराउने हो', देउवाले संसदीय दलको बैठकमा भने, 'त्यसरी पारित गर्दा उनीहरु सहभागी हुन बाधा नै देखियो भने कुनै क्षेत्रमा दोश्रो चरणमा हुन सक्छ। तर हाम्रो प्राथमिकता दोश्रो चरणमा गर्ने हुदैँन।'

देउवाले संविधान संशोधन परिमार्जनसहित पारित गरिने समेत बताए। यद्यपि अहिलेको संशोधन प्रस्ताव फिर्ता लिने वा यसैलाई परिमार्जन गर्ने भन्ने टुङ्गो नभएको देउवाको भनाइ थियो।  

'अर्को प्रस्ताव आउँछ कि यही प्रस्ताव पारित गरिन्छ छफलमा रहेकाले अन्तिम भैसकेको छैन', देउवाले भने।

बिहीबार माओवादी केन्द्रको हेडक्वाटर बैठकमा प्रचण्डले पनि संसद्‍मा रहेको संविधान संशोधन फिर्ता लिएर अर्को संशोधन अगाडि बढाउने सरकारको तयारीबारे जानकारी गराएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell