PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

संविधान संशोधन प्रकृया कार्यसूचीमा नपरेको भन्दै मोर्चाले गर्‍यो संसद् बैठक बहिष्कार

संविधान संशोधन प्रकृया कार्यसूचीमा नपरेको भन्दै मोर्चाले गर्‍यो संसद् बैठक बहिष्कार

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज पनि संसद् बैठक बहिष्कार गरेको छ। संविधान संशोधन प्रकृया कार्यसूचीमा नपरेको भन्दै मोर्चाले आजको लागि बोलाइएको व्यवस्थापिका संसद्को बैठक बहिष्कार गरेको हो। 

शुक्रबार बसेको बैठकको सुरुमै कार्य प्रारम्भपछि मोर्चाका नेता तथा सासंद अकवल अहमद शाहले संसद्‍मा बोल्दै बहिष्कार गरेका थिए। शाहले संविधान संशोधन प्रकृया टुङगोमा नपुर्‍याएसम्म बैठकमा सहभागी नहुने र स्थानीय तहको निर्वाचनसमेत नहुने दाबी गरे।

मोर्चाका सांसदहरु नाराबाजी गर्दै संसद् हलबाट बाहिरिएका थिए। मोर्चाले केही समयदेखि लगातार संसद् बहिष्कार गर्दै आएको छ।

व्यवस्थापिका संसद्‍को आजको कार्यसूची यस्तो रहेको छ : 



ट्रेन्डिङ पोस्ट

Ncell