PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

भूटानी शरणार्थीको कथा ‘देश खोज्दै जाँदा’ ट्रेलरमा



पहिलोपोस्ट

भूटानी शरणार्थीको कथा ‘देश खोज्दै जाँदा’ ट्रेलरमा

काठमाडौं: भूटानी शरणार्थीहरुको जीवन कथामाथि बनेको  फिल्म ‘देश खोज्दै जाँदा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। फिल्मको अफिसियल ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको हो।

भुटानी शरणार्थीको संघर्षको कथा ट्रेलरमा देखाइएको छ। फिल्म युनिटले रिलिज मिती भने जेठ १२ घोषणा गर्‍यो। साहित्यकार प्रकाश आङदेम्बेले निर्देशन गरेका फिल्म पाँचवर्षभन्दा लामो समयको अध्ययन र अनुसन्धानपछि तयार भएको निर्देशकको दाबी छ।

‘दुई दशकभन्दा लामो समयसम्म नेपालमा शरणार्थी जीवन बिताउन बाध्य नेपाली भाषी भुटानी नागरिकहरुको वास्तविक कथा हो यो,’ फिल्मबारे आङदेम्बेले भने, ‘भुटानी शरणार्थीहरुको मौलिक, रहस्यात्मक तथा पारिवारिक जीवनका आन्तरिक तथा वाह्य द्दन्द्दलाई मार्मिक र संवेदनशीलताका उजागर गर्न खाजेका छौं।’

फिल्मको कथा निर्देशक आङदेम्बेकै हो। कवि उपेन्द्र सुब्बाले पटकथामा रहेको फिल्ममा हेमन्त बुढाथोकी, बाबु बोगटी, मिना कोइराला, अरुणा कार्की, सरीता वली, तिब्ब्त राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा, प्रताप सुब्बा लगायत कलाकारको अभिनय रहेको छ। फिल्मको गीतमा आभाषको संगीत, श्रवण मुकारुङको शब्द र स्वरुपराज आचार्यको स्वर रहेको छ।

संजय लामाले खिचेको फिल्मलाई मनोञ्जन श्रेष्ठले सम्पादन गरेका छन्।

हेर्नुस् फिल्मको ट्रेलर:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell