PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

अफगानिस्तानमा सुरक्षा कारबाहीमा २८ लडाकुको मृत्यु



पहिलोपोस्ट

अफगानिस्तानमा सुरक्षा कारबाहीमा २८ लडाकुको मृत्यु

काबुल : अफगानिस्तानका विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ जना लडाकु मारिएको अफगानी सेनाले शुक्रबार जनाएको छ।

अफगानिस्तानको सेना, प्रहरी र गुप्तचर संस्थाले संयुक्त रुपमा गरेको सुरक्षा कारबाहीका क्रममा २४ को अवधिमा उनीहरुको मृत्यु भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मारिनेहरु तालिवानी र इस्लामिक स्टेट (आइएस) का लडाकुहरु रहेको सेनाको दाबी छ। देशभरका ३४ प्रदेशमध्ये १३ प्रदेशमा सुरक्षा कारबाही तीब्र पारिएको अफगानी अधिकारीले जनाएका छन्।

सुरक्षा कारबाहीका क्रममा केही हातहतियार तथा विस्फोटक पदार्थ पनि नियन्त्रणमा लिएर नष्ट गरेको सेनाले जनाएको छ। सेनाले आफ्नोतर्फ कुनै क्षति भएको उल्लेख गरेको छैन। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell