PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

लाजिम्पाटबाट पक्राउ परे 'टोले गुन्डा' वाला लामा



पहिलोपोस्ट

लाजिम्पाटबाट पक्राउ परे  'टोले गुन्डा' वाला लामा

काठमाडौँ : उपत्यकाका विभिन्न ठाउँमा गुन्डागर्दी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले काभ्रे जिल्ला पोखरी नारायणस्थान गाविस वडा नं ५ घर भई हाल काठमाडौं पुरानो बानेश्वर बस्ने वर्ष ३१ को वाला भन्ने योगेन्द्र लामालाई बिहीबार लाजिम्पाटबाट पक्राउ गरेको हो।

लामाले विभिन्न मानिसलाई हतियार देखाई रकम तथा जिन्सी सामान लुट्ने गरेको अनुसन्धानमा देखिएको छ। लामा २०७० मंसिर २९ गते ललितपुर बालकुमारीमा सीताराम श्रेष्ठ र सुवास राउतलाई समेत खुकुरी हानी घाइते बनाई फरार भएका थिए। यसअघि पनि लामा सार्वजनिक मुद्दा परी २१ दिन थुनामा बसेर १० हजार रुपैयाँ धरौटीमा छुटेका थिए।

केही समयदेखि प्रहरीले गुन्डागर्दीमा संलग्न भएकाहरुको सूची तयार पारी निगरानी गर्ने काम सुरु गरेको थियो। प्रहरीले तयार पारेको सूचीमा उपत्यकाभित्रका एक सय साठी गुन्डाहरुको नाम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell