PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

आइपीएल : कोलकताको १० विकेट जितमा केके रेकर्ड बन्यो?



पहिलोपोस्ट

आइपीएल : कोलकताको १० विकेट जितमा केके रेकर्ड बन्यो?

आइपीएल-१० अन्तर्गत शुक्रबार भएको खेलमा कोलकता नाइट राइडर्स (केकेआर) ले गुजरात लायन्सलाई १० विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको छ। 

कप्तान गौतम गम्भीरसँग नियमित ओपनिङ गर्दै आएका रोविन उथापाको स्थानमा ओपनिङ गरेका क्रिस लायनले आइपीएलमा आफ्नो पहिलो अर्धशतक बनाउनुका साथै उत्कृष्ट प्रदर्शन गरेपछि केकेआरले शानदार जित हासिल गरेको हो।

केकआरले लायन्सले दिएको १८४ रनको लक्ष्य विना क्षति १४.५ ओभरमा पूरा गरेको हो। यस खेलमा केही रेकर्डसमेत बनेको छ। 


गम्भीर र लायनले बनाएको १८४ रन आइपीएलमा पहिलो विकेटका लागि भएको सर्वाधिक साझेदारी हो। यसअघि सन् २०१३ मा बैंगलोरका क्रिस गेल र तिलकरत्ने दिल्सानले पहिलो विकेटका लागि १६७ रनको साझेदारी गरेका थिए।

यस्तै कुनै पनि विकेटका लागि केकआरका खेलाडीले गरेको यो अहिलेसम्मकै सर्वाधिक साझेदारी हो। यसअघि २०११ मा गम्भीरले ज्याक कालिससँग दोस्रो विकेटका लागि नटआउट १५२ रनको साझेदारी गरेका थिए।

आइपीएलको इतिहासमा भने गम्भीर र लायनको साझेदारी छैटौं ठूलो साझेदारी हो। त्यो भन्दा अघिका पाँचवटै ठूला साझेदारी दोस्रो विकेटका लागि भएका छन्। गत वर्ष बैंगलोरका विराट कोहली र एबी डेभिलियर्सले २२९ रनको साझेदारी गरेका थिए। यस्तै कोहली र डे भिलियर्सले नै २०१५ मा २१५ रनको साझेदारी गरेका थिए। 

त्यसबाहेक पञ्जावका एडा गिलक्रिस्ट र सन मार्सले २०६ तथा बैंगलोरकै कोहली र क्रिसल गेलल २०४ रनको साझेदारी गरेका छन्। 
यस्तै दिल्लीमा रहदा डेविड वानर्नर र नमन ओझाले १८९ रनको साझेदारी गरेका थिए।

यता कुनै पनि विकेट नगुमाई पूरा गरेको १८४ रनको सर्वाधिक लक्ष्य समेत हो। केकेआरले १० विकेटको जित हात पारेको समेत यो पहिलो पटक हो।

कसरी जित्यो केकआरले 
गुजरात लायन्सकव घरेलु मैदान सौराष्ट्र क्रिकेट एसोसियसनको स्ट्डियम राकोटमा केकेआरले टस जित्दै घरेलु टोलीलाई पहिले ब्याटिङको निम्तो दियो। कप्तान सुरेश रैनाको अर्धशतकको मद्दतमा लायन्सले पुरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १८३ रन बनायो। 

उसका लागि रैनाले ५१ बल खेल्दै ७ चौकाको मद्तमा नटआउट ६८ रन बनाए। यस्तै विकेटकिपर दिनेश कार्तिकले ४७ रन जोडे। ओपनर ब्रेण्डन म्याकुलमले ३५ रनको योगदान गरे।

बलिङमा केकआरका कुलदिप यादवले २ तथा ट्रेन्ट बोल्ट र पियुष चावलाले १-१ विकेट झारे।

जवाफमा केकेआरले ३१ लब अगावै लक्ष्य पुरा गर्योर। केकेआरका लागि क्रिस लायनले सर्विधक ९३ रन बनाए भने कप्तान गम्भिरले ७६ रन जोडे। 

नियमित अलराउण्डरद्वय रविन्द्र जडेजा र ड्वाने ब्राभोको अभाव गुजरातको बलिङमा देखियो। 

आइपीएलमा पहिलो हाफ सेन्चुरी प्रहार गर्ने क्रममा म्यान अफ दी म्याच लायनले ४१ बल खेल्दै ६ चौका र ८ छक्का प्रहार गरे। 

उनले आइपीएलमा ओपनिङ गरेको पनि यो पहिलो पटक हो। यसअघि टी औ-२० क्रिकेटमा ८७ इनिङ्स खेल्दा उनले ३ पटक मात्र ओपनिङ गरेका थिए।

लायन सन् २०१४ को सिजनबाट केकेआरमा आबद्ध भएका हुन्। त्यसअघि उनी २०११-१२ को सिजनमा डेक्कन चार्जर्स तथा २०१३ मा सनराइजर्स हैदारावदकव टिममा थिए। तर डेक्कनमा रहदा एक मात्र खेले खेलेका लायनले हैदारावादमा भने हुनै खेल खेल्न पाएनन्।

केकेआरका लागि पहिलो सिजनको पहिलो खेलमै उनले बैंगलोर विरुद्ध ३१ बलमा ४५ रन बनाए। यस्तै उनले डे भिलियर्सका लाई आउट गर्दा लिएको क्याचसमेत चर्चित बनेको थियो। 

यस्तै लायन अष्ट्रेलियन बिग ब्यास लिग सिजन-६ को बेस्ट प्लेयरसमेत चुनिएका थिए। जहाँ उनले ५ खेलमै ३०९ रन बनाएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell