काठमाडौं : गएराति काठमाडौंको गोकर्णेश्वर-१५ स्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। एकको अवस्था गम्भीर छ।
राति पौने ११ बजे तीव्र गतिमा गुडिरहेको बा ५५ प ७८३३ नम्बरको मोटरसाइकल दुर्घटन हुँदा चालक पेम्वा शेर्पा र पछाडि सवार सुरेश मुखिया घाइते भएका हुन्। घाइते दुवैलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएको छ। घाइते मध्ये चालक शेर्पाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।