PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

कालिकास्थानमा कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते



पहिलोपोस्ट

काठमाडौं : काठमाडौंको न्यु प्लाजास्थित कालिकास्थान सडकखण्डमा गएराति बा २ च ३२ नम्बरको कारले बा ७२ प ७१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा मोटरसाइकल चालक मैतिदेवी बस्ने २३ वर्षीय शंखर बोहोरा र पछाडि सवार पुरानो बानेश्वर बस्ने २० वर्षीय प्रज्जवल भट्टराई रहेका छन्। दुवैको मोडेल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न कार चालकलाई सिंहदरबार प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell