
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघका पोषण कार्यक्रमका संयोजक उपमहासचिव ग्रेडा भरवर्गबीच शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्रीले नेपालमा पोषण स्थितिको बारेमा चर्चा गर्दै सरकार, निजी क्षेत्र तथा दाताहरुको सहकार्यमा यसमा सुधारको पहल भइरहेको जानकारी गराए।
उनले सरकार पोषणसहित दिगो र सन्तुलित विकासको एजेण्डा लिएर अघि बढेको बताउँदै स्थानीय तहको निर्वाचनपछि महिलाहरु तल्लो तहदेखि नै नेतृत्वमा आउने र यस विषयमा अझ प्रगति हुनुका साथै स्वास्थ्य र शिक्षामा पनि पोषणलाई महत्वपूर्ण रुपमा समावेश गरिने बताए।
उपमहासचिव भरवर्गले नेपालले पोषणमा गरेको प्रगतिप्रति आभार व्यक्त गर्दै संयुक्त राष्ट्र संघका तर्फबाट आवश्यक सहयोग रहने बताए।