PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

कांग्रेस नेता सिंह भन्छन्- 'कसैले चुनाव रोक्ने दुस्साहस नगरे हुन्छ'



पहिलोपोस्ट

कांग्रेस नेता सिंह भन्छन्- 'कसैले चुनाव रोक्ने दुस्साहस नगरे हुन्छ'

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कुनै पनि हालतमा स्थानीय तहको चुनाव सार्ने पक्षमा रहेको दाबी गरेका छन्।

नेपाली  कांग्रेस काठमाडौं क्षेत्र  नं २ मा निर्वाचन प्रचारप्रसार सम्बन्धी गरिएको कार्यक्रममा बोल्दै नेता सिंहले बाहिर कांग्रेसले निर्वाचन गर्न नचाहेको भन्ने हल्ला झुटो भएको बताए। कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नसर्ने भन्दै उनले सबैलाई निर्वाचनमा लाग्न आग्रह गरेका छन्।

विभिन्न बहानाबाजी गरेर चुनाव रोक्ने दुस्साहस कसैले गरिरहेको भए त्यो सम्भव नहुने उनको भनाइ छ। 'असहमत दलहरुलाई समेत सहमतिमा ल्याएर निर्वाचनमा जाने प्रयास सरकारले गरिरहेको छ,' नेता सिहंले भने, 'कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यनयन पनि अब कांग्रेसले नै गर्नुपर्छ।'

समयमा नै निर्वाचन नगराए मुलुक संकटमा फस्ने भएकाले राजनीतिक निकास र व्यवस्था रक्षाका लागि चुनाव एक मात्र विकल्प भएको सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell