PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

म्यानमारमा डुङ्गा दुर्घटना, २० को मृत्यु, ४० को जीवितै उद्धार



पहिलोपोस्ट

म्यानमारमा डुङ्गा दुर्घटना, २० को मृत्यु, ४० को जीवितै उद्धार
फोटो स्रोत : www.rte.ie

याङ्गोन (म्यानमार) : पश्चिम म्यानमारमा करिब ८० जना लिएर शुक्रबार साँझ बन्दरगाह सहर पाथेन नजिकैको नदीमा हिँडेको एउटा डुङ्गा अर्को एक सामान ओसार्ने डुङ्गासँग ठक्कर खाँदा भएको दुर्घटनामा कम्तीमा बीस जनाको मृत्यु भएको म्यानमारका अधिकारीले शनिबार बताएका छन्।

डुङ्गामा यात्रारत करिब ३० जनालाई जीवितै उद्धार गरिएको छ।

घटनामा मृत्यु हुनेमा १६ जना महिला र चार जना पुरुष रहेका क्षेत्रीय सांसद आङ् थु हट्वीलाई उदृत गर्दे एफएफपीले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार डुङ्गा एक विवाह समारोहमा सहभागी भई फर्केका स्थानीयले भरिएको थियो।

म्यानमारमा डुङ्गाको भारवहन क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गर्दा वर्षेनी सयौँ मानिसको ज्यान जाने गरेको छ।

सन् २०१६ को अक्टोबरमा भएको एक दुर्घटनामा मध्य म्यानमारमा रहेको चिनड्वीन नदीमा केही शिक्षक शिक्षिका र विद्यार्थीसहित ७३ जनाको मृत्यु भएको थियो। रासस/एएफपी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell