भक्तपुर : आज दिउँसो भक्तपुरमा पावरटेलर र मोटरसाइकल जुध्दा दुई जना घाइते भएकाव छन्।
दिउँसो करिब १ बजे कमलविनायक नगरकोट बसपार्क नजिकको सडकखण्डमा कमलविनायकबाट भत्केपाटी तर्फ जाँदै गरेको ना ४ ख ५६१० नम्बरको पावरटेलर र बा ८३ प ५७०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका हुन्।
घाइते हुनेमा बाँके नेपालगन्जका १९ वर्षीय अंकाल अन्सारी र मोरङ बिराटनगरका १८ वर्षीय ससाङ प्याकुरेल रहेका छन्। दुर्घटनामा संलग्न पावरटेलर र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ।
घाइते दुवैको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।