
सामाजिक सञ्जालमा राम र सीताका बारेमा गरिएको आपत्तिजनक टिप्पणीपछि भारतको उडिसा राज्यको भद्रक सहरमा बिहीबारदेखि सुरु भएको साम्प्रदायिक हिंसा अझै जारी छ।
भद्रक सहरमा कर्फ्यु लगाइएको छ भने स्कुल कलेज सबै बन्द गरिएका छन्।
हिंसामा सहभागी भएका ३५ जनालाई गिरफ्तार गरिएको छ र स्थितिलाई नियन्त्रणमा ल्याउने कोसिस भइरहेको छ।
हिंसा र आगजनीमा अहिलेसम्म कसैको मृत्यु भएको छैन तर विभिन्न ठाउँहरुमा लुटपाट तथा आगजनीका घटना भने जारी नै छन्।
प्रदर्शनका क्रममा धेरै घर तथा पसलहरु जलाइएका छन् भने शान्ति कायम गर्नको लागि ३५ प्लाटुन पुलिस बल तैनाथ गरिएको बिबिसीले जनाएको छ।
संवेदनशील इलाकाहरुमा सशस्त्र पुलिस तयनाथ गरिएका छन्। शुक्रबार साँझदेखि जारी भएको कर्फ्युको अवधि बढाएर शनिबार ६ बजेसम्म पुर्याइएको छ।
भद्रक उडिसा राज्यको प्रमुख सहरमध्ये एक हो। जहाँ मुस्लिम समुदायको बसोबास बढी छ। (बिबिसी)