PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सकियो सेतो मच्छिन्द्रनाथको जात्रा, हेर्नुस् अन्तिम दिनका फोटो

सकियो सेतो मच्छिन्द्रनाथको जात्रा, हेर्नुस् अन्तिम दिनका फोटो

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सम्पन्न गरिएको छ । 

गत मङ्गलबारदेखि तीनधारा पाठशालाबाट सुरु भएको जात्राका क्रममा आज लगनमा रहेको रथबाट देवताको मूर्ति झिकेर खटयात्रा गर्दै जनवहालमा लगिएसँगै रथायात्रा समापन भएको हो। 

नगरका विभिन्न स्थानमा हुँदै बिहीबार लगनमा पुर्‍याइएको रथलाई उनकी मातासँग शुक्रबार भेट गराइएको थियो। प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन सुरु गरिने सो जात्रामा विभिन्न स्थानमा रथलाई बास बसाएर धार्मिक गतिविधि गरिएका थिए। 

उक्त अवसरमा जात्रा भर्न सर्वसाधारणको भिड लागेको थियो । मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ‘शिव शक्ति’ र बौद्ध धर्मावलम्बीले ‘लोकेश्वर’ का रुपमा मान्छन् । मच्छिन्द्रनाथलाई सद्भाव र करुणाका देवतासमेत मानिएको छ। रासस 


ट्रेन्डिङ पोस्ट

Ncell