PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

भूकम्पपीडितलाई दिन ल्याइएका ५० हजार बन्डल जस्तापाता वीरगन्जमा थन्किए, खिया लागेर बिग्रने अवस्थामा



पहिलोपोस्ट

भूकम्पपीडितलाई दिन ल्याइएका ५० हजार बन्डल जस्तापाता वीरगन्जमा थन्किए, खिया लागेर बिग्रने अवस्थामा

पर्सा : भूकम्पपीडितका लागि भारतबाट नेपाल सरकारले आयात गरेको करोडौँ रुपैयाँ मूल्यको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा थन्क्याइएको छ। 

नेपाल सरकारको आदेशमा साल्ट्र टे«डिङ कर्पोरेशनले भारतबाट आयात गरेको रु २६ करोड मूल्यको जस्तापाता वीरगन्जको नेपाल खाद्य संस्थानको खुल्ला आकाशमुनि चौरमा भण्डारण गरेर राखिएको हो। 

भूकम्पपीडितलाई वितरण गर्नका लागि साल्ट्र ट्रेडिङले २०७२ सालको साउनमा भारतबाट वीरगन्ज नाका हुँदै ५० हजार बन्डलमा रहेको ३० लाख २० हजार ६६२ केजी जस्तापाता आयात गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। 

ती सबै जस्तापाता खुल्ला चौरमै राखिएका कारण खिया लागेर बिग्रिने अवस्थामा पुगेका छन्। 

आपूर्ति मन्त्रालयको आपूर्ति तथा व्यापार विभागबाट कुनै निर्देशन नआएकाले भूकम्प प्रभावित जिल्लामा जस्तापाता पठाउन नसकिएको साल्ट्र टे«डिङ कर्पोरेसन वीरगन्जका प्रमुख अमोज लामिछानेले बताए। 

उनलेसरकारकै निर्देशनमा आयात गरिएको जस्तापाता वीरगन्जको साल्ट ट्रेडिङ कर्पोरेसन परिसरमा ठाउँ नभएका कारण खाद्य संस्थान परिसरको खुल्ला चौरमा राखिएको बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell