PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

चीनको बिरोध गर्दै आएका ट्रम्पले सी’सँगको भेटपछि भने ‘अमेरिका चीन सम्वन्ध उत्कृष्ट’



पहिलोपोस्ट

चीनको बिरोध गर्दै आएका ट्रम्पले सी’सँगको भेटपछि भने ‘अमेरिका चीन सम्वन्ध उत्कृष्ट’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरोधी आफ्नो भनाइ छोडेका छन्। चिनियाँ समकक्षी सी जिनपिङसँगको शिखर वार्तापछि  ट्रम्पले सम्वन्ध उत्कृष्ट रहेको बताएका हुन्। 

फ्लोरिडाको मार–अ–लागो पर्यटनस्टलमा दुई नेताबीच भएको उच्चस्तरीय वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पसले चीनसँगको सम्बन्धमा ठूलो प्रगति हासिल भएको बताए। उनले यस विषयमा वास्तवमै प्रगति भएको दाबी गरे। 

अमेरिकी राष्ट्रपति ट्रम्पले निर्वाचनमा चीनले अमेरिकी अर्थतन्त्रमा प्रभाव पारेको बताउँदै दण्डात्मक कर लगाएर बेइजिङलाई दण्ड दिने बताएका थिए। 

चिनियाँ राष्ट्रपति सीले पनि शिखर बैठक निकै महत्वपूर्ण भएको बताउँदै न्यानो आतिथ्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिए। 

बेइजिङका शक्तिशाली नेता राष्ट्रपति सीले अमेरिकी समकक्षीलाई चीन भ्रमणको निमन्त्रणा दिएका छन्। निम्तोलाई अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकार गरेको बताइएको छ। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell