PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

४२ हजार फिट उचाइमा उडिरहेको विमानमा बच्चा जन्मिएपछि



पहिलोपोस्ट

४२ हजार फिट उचाइमा उडिरहेको विमानमा बच्चा जन्मिएपछि

४२ हजार फिटको उचाइमा उडिरहेको टर्की एयरलाइन्सको विमानमा एक महिलाले बच्चा जन्माएकी छिन्। विमान गिनीको राजधानी कानकरीबाट वागाडुग हुँदै इस्तान्बुल जाने क्रममा थियो।

विमानमा रहेकी ती गर्भवती महिलालाई विमान टेकअफ हुनेवित्तिकै प्रसव पीडा सुरू भएको थियो।

विमानका केबिन क्रु र केही यात्रीले मदत गरेपछि  ती महिलाले बच्चालाई जन्म दिएकी थिइन्। बोइङ ७३७ विमान बुर्किनाफासोको राजधानी वागाडुग पुगेपछि ती महिला र बच्चालाई अस्पताल पुर्‍याइएको थियो।


शिशु र आमा दुवैको  स्वास्थ्यस्थिति सामान्य रहेको र उनीहरुलाई डाक्टरको हेरविचारका लागि अस्पतालमा राखिएको बताइएको छ ।

अधिकांश एयरलाइन्सले गर्भवती महिलाहरुलाई ३६ हप्ताको गर्भअघि मात्रै यात्राको अनुमति दिने गर्दछन्। यसका लागि उनलाई २८ हप्ताभन्दा लामो समयदेखि गर्भवती भएको पत्र आफ्नो डाक्टरबाट लेखाउनु पर्ने हुन्छ। यसबाट बच्चा जन्मने सम्भावित मिति थाहा हुन्छ। (बिबिसी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell