PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

रोजिन पाण्डेको 'सम्बन्ध नयाँ'



पहिलोपोस्ट

रोजिन पाण्डेको 'सम्बन्ध नयाँ'

काठमाडौं: गायक रोजिन पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ। 'सम्बन्ध नयाँ' बोलको गीत भिडियो सहित युट्युब मार्फत सार्वजनिक भएको हो।

केशव जंग पाण्डेको शब्दमा तयार गीतलाई कल्याण सिंहले संगीतावद्द गरेका छन्। गायकको यसअघि यो दशैं, मन यो रम्छ, आकाशमा उड्दैछु म लगायत गीत सार्वजनिक छन्। संचारकर्मी समेत रहेका रोजिनले आफ्नै युट्युब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन्। भिडियोमा गायक रोजिनकै फिचरिङ रहेको छ। म्युजिक भिडियोमा उनको अपोजिटमा देखिएकी छिन् मोडल कुसुम थापा।

मनोज चौंलागाईंको संयोजन रहेको म्युजिक भिडियोलाई सरोज श्रेष्ठले निर्देशन गरेका हुन्। 

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell