PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

नेपाल-अमेरिका सम्बन्धको ७०औं वर्षगाँठ : सांस्कृतिक मेलामा युवाको कला



पहिलोपोस्ट

नेपाल-अमेरिका सम्बन्धको ७०औं वर्षगाँठ : सांस्कृतिक मेलामा युवाको कला

काठमाडौं : नेपाल-अमेरिका दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा अमेरिकी दूतावासले सांस्कृतिक मेला आयोजना गरेको छ। जावलाखेल स्थित स्टाफ कलेजमा शनिबार सम्पन्न मेलामा विभिन्न क्षेत्रका युवाले चित्रकला, साङ्गीतिक प्रस्तुति, ब्रेकडान्स, स्केटबोर्ड स्टन्ट एवं कविता वाचन गरेका थिए।

मेलामा अमेरिकी ग्राफिटी चित्रकार गेब्रिएल स्पेक्टरका साथै नेपालका विभिन्न साङ्गीतिक समूह एवं कलाकारको सहभागिता थियो।

अमेरिकी दूतावास एवं सामाजिक संस्थाहरुले स्टल सञ्चालन गरी अमेरिकी शिक्षा, लोकतन्त्र, युवा अभियान एवं उद्यमशीलता लगायतका विषयमा जानकारी दिएका थिए।

यो वर्षभर नै विभिन्न कार्यक्रम गरेर दौत्य सम्बन्धको ७० ‍औँ वर्षगाँठ मनाउने दूतावासले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell