
अमेरिकी सेनाले हमला गर्नमा सक्षम युद्धपोतलाई कोरियाली प्रायद्वीपतिर बढ्नको लागि आदेश दिएको छ। हमला गर्नमा सक्षम कार्ल विनसन टुकडीमा युद्धपोतका अतिरिक्त एयरक्राफ्ट क्यारियर पनि समावेश छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको पारमाणविक धम्कीसँग जुध्न अमेरिका एक्लै सक्षम रहेको बताएका छन्। अमेरिकी प्यासिफिक कमानका प्रवक्ता डेभ बेनहमले यस विषयमा भने, 'यस क्षेत्रको सबैभन्दा ठूलो खतरा उत्तर कोरिया हो, किनभने ऊ गैरजिम्मेवार छ र उसले आफ्नो मिसाइल परीक्षण र परमाणु हतियार बनाउने प्रयासमा खतरा सिर्जना गरिरहेको छ।'
सिरियामाथि अमेरिकाले मिसाइल आक्रमण गरेपछि उतिबेला उत्तर कोरियाले परमाणु कार्यक्रमलाई अझै बलियो पार्ने आफ्नो फैसला सही भएको बताएको थियो।
उत्तर कोरियाको सरकारी मिडियाले एक सरकारी प्रवक्ताका माध्यमबाट भन्यो, 'शुक्रबार भएको हमला एक स्वतन्त्र राज्यविरुद्धको असहनीय आक्रमण हो।'
गत बुधबार सिरियाका विद्रोहीको कब्जामा रहेका इलाकामा सन्दिग्ध रसायनिक हमला भएको थियो। उक्त हमलामा परी ८९ जनाको मृत्यु भएको थियो।
यसपछि अमेरिकाले शुक्रबार टमहक मिसाइलबाट सिरियाका केही स्थानमा हमला गरेको थियो। (बिबिसी)