PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

इजिप्टको चर्चमा बम हमला, २१ को मृत्यु



पहिलोपोस्ट

कायरो : इजिप्टको टान्टा सहरमा रहेको चर्चमा आइतबार बम विस्फोट गराइएको छ।

विस्फोटनमा परी कम्तीमा २१ जनाको मृत्यु भएको इजिप्टको सरकारी सञ्चार माध्यमले जनाएको छ। घटनामा अन्य ५९ जना घाइते भएका छन्।

स्थानीय समयानुसार आइतबार बिहान १० बजे सो विस्फोट भएको थियो। घटनास्थल कायरोदेखि १२० किलोमिटर उत्तरतर्फ पर्दछ।

यसैबीच पाकिस्तानको पञ्जाव प्रदेशमा पाँच जना लडाकू र एक जना सुरक्षाकर्मी मारिएका छन्।

पञ्जावको देरा घाजी खान जिल्लामा सुरक्षाफौजले गरेको विषेश सुरक्षा कारबाहीका क्रममा भएको दोहोरो झडपमा परी पाँच जना आतङककारीको मृत्यु भएको सेनाले जनाएको छ।

सरकार विरोधी गतिविधि गरिरहेकाहरुका विरुद्धमा सरकारले देशभरी सुरक्षा कारबाही तीब्र बारेको छ। रासस/एएफपी/सिन्ह्वा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell