PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

विवादित प्रदेश-२ को ४ जिल्लामा मतदान केन्द्र तोकियो



पहिलोपोस्ट

विवादित प्रदेश-२ को ४ जिल्लामा मतदान केन्द्र तोकियो

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि २ नम्बर प्रदेशमा पनि मतदान केन्द्र तोकिन थालेको छ। 

मतदान केन्द्र तोक्न बाँकी रहेको प्रदेश नम्बर-२ का ८ जिल्ला मध्ये ४ जिल्लाको केन्द्र तोकिएको हो। अब २ नम्बर प्रदेशका सप्तरी, सिरहा, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तहमा मात्र मतदान केन्द्र तोक्न बाँकी छ। 

'८ मध्ये ४ जिल्लाको मतदान केन्द्र सिफारिस भएर आयोगमा आइसकेको छ,' निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, 'बाँकी रहेका जिल्लाको पनि आउने क्रममा छ।' स्थानीय राजनीतिक दलको समझदारीमा तोकिएका मतदान केन्द्र आयोगले आवश्यकताका आधारमा निर्णय गरेपछि मतदान केन्द्र कायम हुनेछन्। 

२ नम्बर प्रदेशमा निर्वाचन केन्द्र नतोकिँदा आयोगले नयाँ संरचना अनुरुप मतदाताको वर्गीकरण, केन्द्र अनुसार मतदाताको संख्या निर्धारण तथा मतदान केन्द्रसहित छापिने मतदाता परिचयपत्र छाप्ने काम समेत प्रभावित भएको थियो। 

मतदान केन्द्र तोकिएसँगै आयोगका अप्ठेरा फुक्नेछन् भने मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि पनि बाटो खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell