PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

काठमाडौंको गेस्ट हाउसमा एक युवक मृत फेला परे



पहिलोपोस्ट

काठमाडौं : राजधानीको एक गेस्ट हाउसमा युवक मृत अवस्थामा फेला परेका छन्।

त्रिवि शिक्षण अस्पतालअगाडि नारायण रिजालले सञ्चालन गरेको डाँफे गेस्ट हाउसको कोठा नं १०५ मा ३२ वर्षीय अजय यादव मृत फेला परेका हुन्। उनी कपिलवस्तु हरिहरपुरका हुन्।

कोठाको बायाँपट्टिको ढोकामा उनी पछ्यौराको पासो लगाई झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको हो।

यादव शनिवार दिउँसो २ बजेदेखि होटलको कोठा बुक गरी बस्दै आएका थिए । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले सोही कोठाबाट रुपन्देही देवीनगर १३ बस्ने ३४ वर्षीया कुसुम सुनारलाई नियन्त्रणमा लिएको छ।

शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको महानगरीय प्रहरी वृत्तले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell