PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

'सेतो सूर्य'लाई थप चार अन्तराष्ट्रिय पुरस्कार



पहिलोपोस्ट

'सेतो सूर्य'लाई थप चार अन्तराष्ट्रिय पुरस्कार

काठमाडौं: नेपाली फिचर फिल्म 'सेतो सूर्य' सिंगापूरमा भएको 'फ्रिवर्ग फिल्म फेस्टिभल'मा चार विधामा पुरस्कृत भएको छ। नेपालका १९ फिल्म प्रदर्शन भएको अवार्ड कार्यक्रममा सेतो सूर्यले अन्तराष्ट्रिय प्रतिस्पर्धमा सहभागिता जनाएको थियो।

फिल्मले स्पेसियल मेन्सन अफ द जुरी, अडियन्स च्वाइस अवार्ड, इक्युमेन्सियल अवार्ड र द डन क्विजोटे अवार्ड प्राप्त गरेको हो। जसमध्ये इक्युमेन्सियल अवार्ड बिकास उन्मुख देशका विषय उठाइएको फिल्मलाई दिने अवार्ड हो। सिनेम्याटिक अनुसन्धान तर्फ दिने दिने द डन क्विजोटे अवार्ड पनि दीपक रौनियारको निर्देशनमा बनेको फिल्मले प्राप्त गरेको हो। 

फिल्म महोत्सवमा न्यू टेरिटरी अन्तर्गत नेपालको पहिलो रंगीन फिल्म कुमारी सहित सिन्दुर, बासुदेव, कागबेनी, नुमाफुङ, मुकुण्डो, सुनगाभा, लूट, कालोपोथी, हाइवे, सुन्तली लगायत फिल्म प्रदर्शन भए।

३१ मार्चबाट सुरु भएको फ्रिवर्ग फिल्म फेस्टिभल आइतबार सम्पन्न भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell