PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

इजिप्टको चर्चमा भएको बिस्फोटमा मर्नेको संख्या ३७ पुग्यो



पहिलोपोस्ट

इजिप्टको चर्चमा भएको बिस्फोटमा मर्नेको संख्या ३७ पुग्यो

इजिप्ट : इजिप्टको दुई छुट्टाछुट्टै स्थानमा चर्चमा आइतबार गराइएका विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको इजिप्टका अधिकारीले बताएका छन्। 

आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले आफ्नो अमाक न्युज एजेन्सीमार्फत् जिम्मेवारी लिएको छ। 

आइतबार नाइल डेल्टाको सहर टान्टामा रहेको सेन्ट जर्ज चर्चमा प्रार्थनाका लागि जम्मा भएका दर्शनार्थीलाई लक्षित गरी गराइएको पहिलो विस्फोटमा २६ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढी दर्शनार्थी घाइते भएका छन्। 


त्यसैगरी इजिप्टकै सामुद्रिक किनारामा अवस्थित अर्को एक सहर अलेक्जेन्ड्रियामा सेन्ट मार्कको चर्चमा भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको र ३५ जनाभन्दा बढी घाइते भएका इजिप्टको प्रहरीले जनाएको छ। 

इजिप्टमा इस्टर (क्रिश्चियनहरुको महत्वपूर्ण पर्व) आउनुभन्दा केही हप्ता पहिलेदेखि प्रार्थनाका लागि जमघट हुने समय पारेर गराइएको छ। यसैगरी केही दिन पछि सोही पर्वको अबसरमा पोप फ्रान्सिस अरब राष्ट्र इजिप्टमा आउने कार्यक्रम छ। रासस/एपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell