PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

बालिका बलात्कार गर्ने दुई जनालाई दश र आठ वर्ष जेल सजाय 



पहिलोपोस्ट

बालिका बलात्कार गर्ने दुई जनालाई दश र आठ वर्ष जेल सजाय 

गाईघाट : बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोग प्रमाणित गर्दै उदयपुर जिल्लाको लाफागाउँ–५ का ५५ वर्षीय डिकबहादुर पाठकलाई आइतबार जिल्ला अदालत उदयपुरले दश वर्ष जेल सजाय र रु ५० हजार जरिबानाको फैसला गरेको छ। 

यस्तै बालिका बलात्कार गरेको अभियोगमा नै उदयपुरकै मैनामैनी–९ का २३ वर्षीय बोलमान राई पनि आइतबार नै जिल्ला अदालत उदयपुरले आठ वर्षको जेलसजाय र रु १५ हजार दण्डजरिवाना गर्ने फैसला गरेको छ। 

पुर्पक्षका लागि थुनामा राखेर बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त राई र पाठकलाई जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजालासले जेल सजाय र दण्डजरिवानाको फैसला गरेको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार ऋतबहादुर मगरले बताए। 

यस्तै राईलाई जिल्ला अदालत उदयपुरका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले आठ वर्ष जेलसजाय र रु १५ हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरले बताएको छ। पाठकलाई गत साउन १५ गते स्थानीय एक छिमेकी १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो भने राईलाई गत पुस २२ गते स्थानीय एक ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell