PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

एयरपोर्टमै पक्राउ परे नेपाल एयरलाइन्सका क्याप्टेन, ९३ हजार अमेरिकी डलर बरामद



पहिलोपोस्ट

एयरपोर्टमै पक्राउ परे नेपाल एयरलाइन्सका क्याप्टेन, ९३ हजार अमेरिकी डलर बरामद

काठमाडौं : ९३ हजार अवैध अमेरिकी डलरसहित नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले पक्राउ परेका छन्।

काठमाडौं-दुबई फ्लाइटका लागि विमानस्थल प्रवेश गर्ने क्रममा आइतबार राति क्याप्टेन अवालेको साथबाट सो परिमाणको अमेरिकी डलर फेला परेको हो। उनी नेपाल एयरलाइन्सको आरए-२२९ जहाजका क्याप्टेन हुन्।

विमानस्थलबाट पक्राउ गरी राति नै उनलाई महानगरीय वृत्त गौशाला पुर्‍याइएको थियो। थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी गरिएको विमानस्थल प्रहरीले जानकारी दिएको छ।

क्याप्टेन अवालेले अमेरिकामा रहेकी छोरीको लागि पढाइ खर्चका लागि सो परिमाणको डलर लिएर जान लागेको दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell